मुगु । नेपालकै चर्चित रियालिटी सो हिमालय टेलिभिजन मार्फत सञ्चालन हुदै आएको द भ्वाइस अफ किड्स सिजन टु, मा प्रस्तुति दिदै दर्शक तथा कोचको मन जित्दै आएकि झापा बिर्तामोड नगरपालिका ३ चारपाने कि नेहारिका खड्का लाई भोट गर्न कर्णालीकि भान्जि जिताऔं अभियान थालेका छन् ।
मुगु जिल्ला खत्याड गाउपालिका वडा नं ११ लुई रातापानिका आमा प्रतिभा कार्की बुवा नेत्र कार्कीकी छोरी नेहारिका कार्की लाई सेमिफाईनलमा प्रवेश गराउन मुगु जिल्लाका युवा तथा राजनतिकि दलका नेताहरु नै कर्णालीकि भान्जि जिताऔं अभियान थालनी गरेका हुन ।
बुधवार पत्रकार सम्मेलन गर्दे नेहारिका मुगु जिल्लाको मात्र नभई समग्र कर्णालीकै भान्जिको हिसावले हेरिएको हुदा नेहारिका खड्का अर्थात कर्णालीकि भान्जि जिताऔ अभियान सुरु गरिएको नेकपा एमाले जिल्ला कमिटिी सदस्य मदन बाँनियाले बताए ।
उनका अनुसार कर्णालीकि भान्जि जिताऔं अभियानमा नेपाली कांग्रेस भातृ संगठन तरुण दल मुगुका अध्यक्ष रमेश कुमार मल्ल र कांग्रेसकै नेता लोकेन्द्र थापा लगायत अन्य दलहरुका नेताहरुको कर्णालीकि भान्जि जिताऔं अभियानमा ऐक्यबद्धता जनाएको उनको भनाई छ । नेहारिका झापालीकि छोरी भएता पनि नाता जोडिएकाले मुगु जिल्ला सँगै समग्र कर्णालीकि भान्जि पर्ने भएकाले कर्णालीबासि लाई भोट गर्न उनले अपिल गरेका छन् ।
नेहारिकाका बुवा नेत्र खड्का हाल अस्ट्ररियामा रहेका छन् । उनी अहिले उमेरले ८ वर्ष पुगिन । नेहारिका लाई सेमिफाईनलमा पुग्न दर्शकको माया साथसाथै अत्याधिक भोटको समेत आवश्यक पर्दछ ।
उनले आफुलाई भोट गरेर प्रतियोगिताको अगाडि बढाई दिनुहुन अनुरोध गरेकी सदस्य बाँनियाले बताए । नेहारिका गायक शुसान्त केसिको टिममा रहेकी छन् ।
द भ्वाइस अफ किड्स सिजन टुको लाईभ शो सेमिफाईनल राउण्डमा पार गर्न नेहारिकाले महत्पुर्ण र बढि भन्दा बढि भोटको माग गरेकोे जनाईएको छ । नेहारिकाले सेमिफाईनलमा जिते पछि अन्तिम फाईनलमा प्रवेश गर्ने छिन् ।
लाईभ राउण्डदेखि प्रतियोगिलाई अगाडि लैजाने कोचको कुनै हातहुँदैन । पूर्ण रुपमा दर्शकको माया, साथ र सहयोगको मुख्य भूमिका रहन्छ कुन प्रतियोगिलाई अगाडि बढाउने भन्ने हुदैन ।
नेहारिका लाई भोट गर्नको लागि खल्ती एप्स डाउलोड गर्नुपर्नेछ । सोही एप्स मार्फत आफुले चाहे अनुसार अधिकतम् करिव पाँच हजार मुल्य बराबरको भोट गर्न सकिनेछ भने एक दिनमा एक भोट निःशुल्क पनि गर्न सकिनेछ ।